आतंकवादीको आक्रमणमा जम्मू ,कश्मीरमा एक नेपालीको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारतको जम्मू–कश्मीरमा आतंकवादी सँगको झडपमा एक नेपाली युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखाको रिप घर भएका भारतीय सेनामा कार्यरत २५ वर्षीय अर्जुन थापा मगर रहेका छन। बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा


मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले पुष्टी गरेका छन्।
अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय भारतीय सावन्त नायक पदमा कार्यरत रहेका बताइएको छ । सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ।
ठूलो संख्यामा रहेका आतंकवादीको आक्रमणमा दुवै सेनाले सँगै ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button