मासु काटने मेशिनमा परेर मलेसियामा नेपाली कामदारको मृत्यु



मलेसियाको मलक्का राज्यमा मंगलबार एक नेपाली कामदारको काम गर्ने क्रममा मासु काट्ने मेशिनमा परेर मंगलबार मृत्यु भएको अन्तर्रा्ष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।
मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय ती नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गरिरहेका बेला सो दुर्घटना भएको हो‘अन्य तीन कामदारसँगै उनले पनि त्यहाँ मर्मतसम्भारको काम गरिरहेका बेला मेशिन अचानक (चालु) भएपछि सो दुर्घटना भएको जुल्खैरनीले बताए। उनका अनुसार त्यसपछि ती कामदारको शरिर मेशिनबाट झिक्न आधा घन्टा लागेको थियो। घट्नाको छानविन भइरहेको एजेन्सीले जनाएको छ।


मलेसियामा दर्ता भएरै काम गरिरहेका विदेशी कामदारको संख्या करिब २० लाख छ भने त्यहाँ झन्डै ३ लाख ६० हजार नेपाली कार्यरत् छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button