मुसर्रफले दिए मृत्युदण्डबाट बच्न ८६ पृष्ठ लामो पुनरावेदन



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्रफललई विशेष अदालतले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध लाहोर उच्च अदालतमा ८६ पृष्ठ लामो पुनरावलोकन निवेदन दिएका छन्। १८ डिसेम्बरका दिन पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले उनलाई मृत्युदण्डको सजाय सुनाएका थिए।


मुसर्रफले यसअघि नै वकिलमार्फत आफूमाथि प्रतिशोधका कारण यस्तो फैसला आएको बताइसकेका छन्। कानुनी सल्लाहकार एवं अधिवक्ता अजहर सिद्दिकी मार्फत मुसर्रफले ८६ पृष्ठ लामो निवेदन दर्ता गरेका हुन्।

न्यायाधीश मजाहिर अलि अकवर नाक्वीको नेतृत्वमा आगामी जनवरी ९ का दिन बस्ने इजलासले निवेदनमाथि सुनुवाई गर्नेछ। मुसर्रफले दिएको पुनरावेदनमा विशेष अदालतको फैसलालाई ‘असङ्गतपूर्ण र विरोधाभाषपूर्ण’ भनिएको छ। अपराध कार्य्विधि ऐनको ३४२ भागलाई पृथक राखी मृत्युदण्डको सजाय सुनाइएकाले अदालतको आदेश त्रुटिपूर्ण रहेको सो निवेदनमा उल्लेख छ। सन १९९९ मा नवाज सरिफ प्रधानमन्त्री भएका बेला मुसर्रफले सैनिक बल प्रयोग गरी सत्ता हातमा लिएका थिए। यद्यपि त्यो रक्तपात विहिन सैनिक कु थियो। परवेजले सैनिक बलमा सत्ता लिएपनि निर्वाचनमार्फत सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए। हाल उनी संयुक्त अरब इमिरेट्सको दुवईमा निर्वा्सित जीवन बिताउदै आएका छन्। उनी त्यहाँ बिरामी भएर उपचाररत रहेको बताइएको छ। ३ नोभेम्बर २००७ मा संकटकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो। त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको थियो। स्मरणीय छ सन् १९७३ देखि १९७७ सम्म पाकिस्तानको प्रधानमन्त्री रहेका जुल्फिकर अलिभुट्टोलाई जियाउल हकले सैनिक शासन लगाए पछि तत्कालिन अदालतको आदेश अनुसार हत्याको अभियोगमा सन् १९७८ मार्च १८ मा मृत्युदण्ड दिइएको थियो। सन १९४७ मा पाकिस्तान स्थापना भएदेखि नै प्रायस गरेर असंवैधानिक तवरबाट सत्ता कब्जा गर्ने र बदलाको राजनीति हुँदै आएको छ।
देशद्रोहको अभियोगमा मुद्दा खेपिरहेका मुसर्रफमाथि विशेष अदालतले अघिल्लो साता मृत्युदण्डको सजाय सुनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button