आईएसले ११ जनाको घाँटी रेटेर हत्या गर्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् एक भिडियो सार्वजनिक गर्दै ११ जनाको हत्या गरेको जानकारी दिएको हो ।


आईएसले यसै वर्षको अक्टुबर २६मा आफ्ना नेता अबु आईएस अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदला लिन उनीहरुको हत्या गरेको जनाएको छ । यो घटनापछि आईएसले बदला लिनका लागि नयाँ अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

५६ सेकेण्डको उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर मारीएकोे छ । बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाइएर त्यहीँ घाँटी रेटेर हत्या गरिएको देखिन्छ ।
हत्या गरिएकाहरु सबै पुरुष भएपनी उनीहरुको परिचय खुलेको छैन । आईएसका अनुसार हत्या गरीएकाहरुलार्ई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button