भारतको ११ जिलमा ईन्टरनेट सेवा बन्द



भारतको उत्तरप्रदेश राज्यका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ ।
नागरिकता संशोधन कानुनको विरुद्धमा आन्दोलन चर्किदै गएपछि योगी आदित्यनाथ नेतृत्वको प्रदेश सरकारले इन्टरनेट सेवा बन्द गरेको हो । इन्टरनेट ब्लक गरिएका जिल्लामा लखनउ, हापुर, गाजीयावाद, बुलन्दसहर, मेरुत, कानपुर, फिरोजाबाद, बरेली, सहरनपुर, बिज्नोर, रामपुर, अमरोहा, बहराइच, मुजफ्फरनगर, सम्भाल, सम्ली, वाराणसी, अजमगढ,मोरादावाद, आग्रा, अलिगढ लगायतका छन् ।
सुुरूमा ९ जिल्लामा इन्टरनेट बन्द गरिएकोमा विहीबार मध्यरातबाट थप जिल्लामा इन्टरनेट बन्द गरिएको हो । २१ जिल्लामा इन्टरनेट बन्द शुक्रबार मध्यरात सम्म हुने गृह मामिला सम्बन्धी अतिरिक्त प्रमुख सचिव अभानिष अवस्थीले जनाएका छन् ।
(टाइम्स अफ इण्डिया)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button