एक सय जना बोकेर उडेको विमान दुर्घटनाग्रस्त



मध्य एशियाली देश काजकिस्तानमा बेक एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।
विमानमा एक सय जना सवार रहेका थिए अलमाटी शहर नजिकै भएको दुर्घटनामा केही यात्री बाँचेका आशंका छ । विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए। विमान अलमाटीबाट अर्को शहर नुर सुल्तानतर्फ जाँदै गर्दा विमान दुर्घटनामा परेको हो।
काजकिस्तानको उद्योग तथा पूर्वाधार मन्त्रालयले विमान दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको उल्लेख रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button