भारतीय सेनाको आक्रमणमा २ पाकिस्तानी सैनिकको ज्यान गयो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ। पछिल्लो समय भारत र पाकिस्तानको सीमा रेखा एलओसीमा भारतीय सेनाले युद्धबिराम उल्लंघन गरेको पनि पाकिस्तानी सेनाको दाबी छ।
पाकिस्तानी सेनाका अनुसार हाजी पीर क्षेत्रमा दुई देशका सेनाबीच भएको गोली हानाहानमा २ जना आफ्ना सैनिकको ज्यान गएको जनाएको छ। घटनामा पाकिस्तानका सैनिक जवानहरु एन सब कन्देरो र मोहम्मद एसहानको ज्यान गएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ। उसले भारत तर्फका एक सुबेदारसहित तीन जनाको मृत्यु भएको पनि दाबी गरेको छ।