शक्तिशाली क्षुद्रग्रह क्रिसमसकै दिन पृथ्वी नजिकैबाट पार हुँदै



क्रिसमस अर्थात डिसेम्बर २५ को बिहान शक्तिशाली क्षुद्रग्रह पृथ्वीको नजिकैबाट पार हुने पूर्वानुमान गरिएको छ ।


अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)का अनुसार क्रिसमसको बिहान उक्त क्षुद्रग्रह पृथ्वी नजिकैबाट पार हुन लागेको हो । तर यसको असर पृथ्वीमा पर्ने सम्भावना अति कम रहेको वैज्ञानिकहरुले बताएका छन् । ४४ हजार १ सय ७२ किलोमिटर प्रतिघण्टाको तिव्रतामा आउँदैगरेको उक्त क्षुद्रग्रहको आकार ६ सय २० मिटर रहेको मापन गरिएको छ ।

जसको लम्बाइ फ्रान्सको आइफल टावरभन्दा दुई गुणा रहेको बताइएको छ । उक्त क्षुद्रग्रह पृथ्वीबाट ७२ लाख ९१ हजार ४ सय किलोमिटर दुरीबाट पार हुने नासाको अनुमान छ । यो दूरी सामान्यतः टाढा जस्तो लागे पनि नासाका वैज्ञानिकहरु यसलाई नजिकको दूरी मान्छन् । तर उक्त ग्रहलाई नांगो आँखाले देख्न नसकिने वैज्ञानिकहरुको भनाइ छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button