बस खोलामा खस्दा इन्डोनेसियामा २५ को मृत्यु, १३ घाइते

मेरो प्रदेश सम्वाददाता
इन्डोनेसियामा सोमबार भिरबाट बस खस्दा २५ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन्।
इन्डोनेसियाको दक्षिण सुमत्रा प्रान्तमा राती सय मिटर माथिबाट ३८ जना यात्र गरीरहेको बस खोलामा खसेको थियो।
दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको बताईएको छ। बेंकुलु शहरबाट सुमत्रा टापुका लागि हिँडेको सो बस
लिकु लेमाटाङ क्षेत्रमा दुर्घटनामा परेको थियो।