पत्रकार खसोग्जीको हत्यामा पाँचजनालाई मृत्युदण्ड फैसला



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
साउदी पत्रकार जमल खसोग्जीको हत्याको आरोपमा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ भने अन्य तीनजनालाई २४ वर्षे जेलसजाय सुनाइएको छ।


साउदी अरबका अभियोजनकर्ता ‘रग अपरेसन’मा खगोस्जी मारिएको र त्यसमा सहभागी रहेका ११ जनमाथि मुद्दा चलाइएको बताएका छन्।
गत वर्ष २ अक्टोबरमा खसोग्जीको टर्की्स्थित साउदी अरबको महावाणिज्यदूत कार्यालयमा हत्या भएको थियो । खसोग्जी साउदी सरकारका आलोचक थिए। राष्ट्र संघका विज्ञहरुले खगोस्जीलाई गैरकानुनी हत्या गरिएको बताएका थिए।

युएनका स्पेशल र्यापोटर एग्नेस कलामर्ड लगायत अन्य अन्तर्रा्ष्ट्रिय अभियन्ताहरुले सो हत्या प्रकरणमा साउदी राजकुमार मोहम्मद विन सलमानमाथि पनि छानविन हुनुपर्ने माग गर्दै आएका छन्। उनको हत्यापछि साउदी सरकारको विश्वव्यापीरुपमा आलोचना भएको थियो।

तर राजकुमार सलमानले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button