प्रदर्शनलाई मत्थर पार्न सत्तारुढ भारतीय जनता पार्टीले जागरण अभियान सञ्चालन गर्ने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भरतमा नागरिकता सम्बन्धी नयाँ कानुनका कारण पछिल्लो एक हप्तादेखी १४ राज्यमा विरोध प्रदर्शन जारी छ । प्रदर्शनलाई मत्थर पार्न सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले जनतालाई भेटेर नागरिकता विधेयकबारे बुझाउने, आफ्नो देशमा प्रताडित भएका कारण भारतमा शरण लिएर बस्दै आएकाहरुलाई समेत सहभागी गराएर
जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।


यस्कालागी पार्टीले रयाली निकाल्ने र जनतालाई बिधेकको बिषयमा प्रस्ट पार्ने लगायतका कार्यक्रम गर्ने छ । भाजपा महासचिव भुपेन्द्र यादवका अनुसार अभियानका क्रममा २५० स्थानमा पत्रकार सम्मेलन गरेर विपक्षी दलको भण्डाफोर गर्ने लगायतका कार्यक्रम पनि तय गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button