अष्ट्रेलियाको जंगलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा



अष्ट्रेलियाको जंगलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ। आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्। आगलागीका कारण कतिपय घरहरूमा क्षति पुगेको र विषाक्त हावा फैलिएको र त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको जनाइएको छ। बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकहरू परिचालन गरिएको छ। अधिकारीहरूले आ(आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन्। अष्ट्रेलियामा प्रायः हरेक बर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटनाहरू पनि धेरै हुनेगरेको अधिकारीहरूको भनाई छ। देशको सर्वा्धिक प्रदुषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका १ सय भन्दाबढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रण बाहिर रहेको जनाइएको छ। न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सातदिनका लागि संकटकालको घोषणा गरेका हुन्। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button