पोर्चुगलमा एक हप्तामा तीन जना नेपालीको निधन



पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको ज्यन गएको छ । ज्यान जानेमा पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापा ,नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठक र एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको श्रोतले जनाएको छ ।
थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । थापा स–परिवार पोर्चुगलमा बस्दै आएका थिए ।


उनलाई मधुमेह र रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताए ।

यसैगरी डिसेम्बर ८ का दिन नवीनकुमार पाठकको निधन भएलगत्तै गत मंगलबार करीब एक वर्षअघि पोर्चुगल आएका पोखराका युवकको उनकै कोठामा मृत्यु भएको थियो ।

ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ । उनको शव जोजेजु आकिम फेर्ना्न्दिस अस्पताल बेजामा राखिएको छ ।
शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताए । मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button