नेकपा पार्टी प्रवास कमिटी अध्यक्षमा चौलागाईं



प्रदेश सम्वाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले युवराज चौलागाईंलाई पार्टी प्रवास कमिटीको अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले सचिबमा शिबप्रसाद साह, इन्चार्जमा बिन्दा पाण्डे ,सह इन्चार्जमा युवराज चौलागाँइ र सदस्यमा रुकु बिकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारीे दिए ।
उनले जिम्मेवारी पाएका कमिटीले प्रवासमा रहेका नेपालीको हकहितका लागि काम गर्ने र विदेशमा पार्टीको प्रवास कमिटी नरहने बताए बैठकमा अरु जिम्मेवारीका विषयमा केही छलफल नभएको तथा प्रधानमन्त्रीको स्वास्थ्य ठीक रहेको प्रबक्ता श्रेष्ठको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button