बाबु तिमी (कविता)

जमुना पोखरेल ,
बर्दिवास महोत्तरी
नौ नौ महिना कोँखमा हुँदा कति दुःख भयो ।।
जन्म दिँदा त तिमीलाई झन के के पो भायो ।।
हिँड्नु आमा घुम्न भन्यो लागे पछि पछि ।।
लगेर छाडि दियौ के आउँथ्यौर फर्केर पछि ।।
बाबु तिमी कहाँ जाने सोधिहाल्न मन भयो ।।
छोराले म एक छिनमा आउछु भनि त्येहिँ छाडि दियो ।।
अव आउला तव आउला भन्दा भन्दै दिनै बितिगयो ।।
रुँदा रुँदा स्वर बस्यो आँसु सुकि गयो ।।
किन गर्छौ आमा बाबुलाई यस्तो अति हेला ।।
पछौ बाबु तिमीकुनै दिन न राम्रै फला ।।
सपना जस्तै लाग्यो विपना पो रहेछ ।।
झस्याङ्ग भए वृद्घाश्रम पो रहेछ ।।
अन्याय त गर्नु तर अत्याचार नगर्नु ।।
बाबु तिमी आमालाई सम्झी रुने चाँहि कहिलै नगर्नु ।।
“यो कविता स्वस्फुर्त रचना हो यदि कसै सँग मेल खान गएमा संयोग मात्र हुने छ । र्”