तिमी कहाँ छौं भगवान ।।



( राधाकृष्ण शर्मा , बर्दिबास महोत्तरी )
तिमी कहाँ छांै भगवान ।।
संसारको हरेक कुना कन्दरामा ।।
तिम्रै मन्दिर छ भगवान ।।
तिमी कहाँ छौ भगवान ।।


अल्लाहा ,ब्रम्हा, विष्णु, महेश,यशु ।।
भनी यस संसारका हरेक मानवले ।।
तिम्रै पुजा गर्छन् भगवान ।।
तिमी कहाँ छौ भगवान ।।

मानव रहेमात्र तिम्रो पुजा हुन्छ ,भिगवान,
मानव नरहे तिम्रा मठमन्दिरमा ।।
झाडी उम्रेर जिर्ण भई ढल्ने छ भगवान ।।
मानव छ रत तिम्रो अस्तित्व छ भगवान ।।
तिमी काँहा छौ , भगवान ।।

नरसंहारकारी का रुपमा ।।
आयो कोरोना भगवान ।।
तिम्रै संसार हो, तिमीनै सम्हाल भगवान ।।
तिमी काँहा छौ भगवान ।।

भर्खरै उम्रेका मकैका टुसा ।।
जस्ता शिशु , फक्रन लागेका ।।
कोपिला जस्ता किशोर किशोरीहरु ।।
हजारौ सपना देखेका युवा
युवती हरु सबै कारोनाका ।।
शिकार बन्दै छ , भगवान ।।
तिमी काँहा छौ भगवान ।।

मान्छे देखि मान्छे भाग्ने ।।
कस्तो समय आयो भगवान ।।
कसको शरीरमा कारोना छ ।।
थाहा छैन ,भगवान ।।
तिमी काँहा छौ भगवान ।।

धर्म शस्त्र भन्छ , पाप धेरै भयो ।।
कसैमा मानवता रहेन भगवान ।।
त्यसैले यमराज कोरोना ।।
को रुप लिइ आयो भगवान ।।
तिमी काँहा छौ भगवान ।।

को पापी को धर्माती ।।
थाहा छैन भगवान ।।
कसैको निधारमा लेखिएको ।।
छैन , भगवान ।।
तिमी काँहा छौ भगवान ।।

सक्छौ भने पापी धर्माती ।।
छुट्याएर लैजाउ भगवान ।।
पापी हरुको ंिभडमा धर्माती ।।
लाई किन मुछ्दछौ , भगवान ।।
तिमी काँहा छौ भगवान ।।

विज्ञान शस्त्र भन्छ , रोगका ।।
किटाणुले ज्यान लिइरहेको छ ।।
किटाणुबाट बचौँ भगवान ।।
तिमी काँहा छौ भगवान ।।

खास केहो भगवान ।।
के यी संसार का रमणीय ।।
वाताबरण र यी भौतिक संरचना ।।
हरु हेर्ने कोहि पनि रहन्न र अब भगवान ।।
तिमी काँहा छौ भगवान ।।

यसै गरी मानवलाई कोरोनाले ।।
संहार गर्ने हो भने के यो संसार ।।
खालि हुन्न र भगवान ?
तिमी काँहा छौ भगवान ।।

के दोष छ यी मानवहरुको ।।
र कोरोनाले एक एक गरेर ।।
लग्दै छौ भगवान ।।
तिमी कहाँ छौ भगवान ।।

यदि कुनै दोष छ ,भने ।।
कुनै रुपमा स्पष्ट पारी देउ भगवान ।।
यस्तो क्रुर कोरोना लाई ।।
सधँैका लागि लैजाउ भगवान ।।
यदि तिमी छौ भने भगवान ।।
तिमी काँहा छौ भगवान ।।

यदि मानव समाप्त गर्नु नै ।।
थियो भने भगवान ।।
किन सृष्टी रचायांै भगवान ।।
तिमी काँहा छौ भगवान ।।

भयो अब बन्द गर ।।
यी नरसंहारी कोरोनाका ।।
क्रुर रुपलाई भगवान ।।
अब बाँचेकालाई स्वतन्त्र सँग ।।
बाँच्न देउ भगवान ।।
तिमी काँहा छौ भगवान ।।
तिमी काँहा छौ भगवान ।।
तिमी काँहा छौ भगवान ।।

“यो रचना स्व स्फुर्त रचित कविता
हो , यदि कसैको रचनामा मेल खान
गएमा संयोग मात्र हुने छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close