तिम्रो न्यानो अँगालोमा



(राधाकृष्ण शर्मा बर्दिवास महोत्तरी)
तिम्रो न्यानो अँगालोमा बाँध मलाई कस्सेर ।।
यो जोवनमा राज गर मुटुभित्र बसेर ।।
मुटु भित्र सजाइँ सके सयपत्रीझैँ उनेर ।।
तिम्रो न्यानो अँगालोमा बाँधमलाई कस्सेर ।।


चन्द्रमुखी मुहार तिम्रो मृग नयनी आँखा ।।
तिम्रो प्रेममा हराई सके त्यै आँखामा बसेर ।।
तिम्रो पिरतीले मारीसक्यो मुटुभीत्र डँसेर ।।
तिम्रो न्यानो अँगालोमा बाँधमलाई कस्सेर ।।

सयाँै जुनी कुर्नसक्छु तिमीलाई पाउँन प्रिय ।।
जिन्दगीको चौतारीमा कुर्न भनी बसेर ।।
शरीर सारा सुकिसके आँसुहरु खसेर ।।
तिम्रो न्यानो अँगालोमा बाँधमलाई कस्सेर ।।

फुलका थुगाँ हैन सानु पे्रमका गुच्छा दिनेछु ।।
सुखहरु तिमीलाई साँची कष्टहरु सहेर ।।
यो संसारमा हैन सानू तिम्रो मनमा बसेर ।।
तिम्रो न्यानो अँगालोमा बाँधमलाई कस्सेर ।।

कतिदिन तड्पिन्छौ प्रिय मलाई पनि तड्पाएर ।।
आउन मलाई राख अब अँगालोमा कसेर ।।
अन्त कतै हैन प्रिय छातीमानै टाँसेर ।।
तिम्रो न्यानो अँगालोमा बाँधमलाई कस्सेर ।।

“यो कविता सो स्फुर्त रचना हो ।
कसै सँग मेल खान गएमा सँयोग मात्र
हुने छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button