मलाई सँधै प्यारो लाग्छ मेरै मतृ भुमि ।।

राधाकृष्ण शर्मा ,बर्दिवास महोत्तरी
जुनी जुनी जन्मनपाउँ यहि आकाशमुनी ।।
जहाँ जन्मे गौउतम वुद्घ कैयौँ ऋषि मुनी ।।
मेची देखि माहाकाली जहाँ बसेनि हुने ।।
मलाई सँधै प्यारो लाग्छ मेरै मतृ भुमि ।।
तराई फाँट हरिया पहाड हिमालको छायाँ ।।
आफु भन्दा धेरै लाग्छ यहि देशको माया ।।
हिमाल हेरी टोलाइ रहन्छु केभाका हो कुन्नी ।।
मलाई सँधै प्यारो लाग्छ मेरै मातृ भुमि ।।
डाँडा पाखा गुराँस फुले वनै ढकमक ।।
विदेशीले हेर्दा पनि भए अकमक ।।
लालुपाते फुलै राम्रो नुगे मुनि मुनि ।।
मलाई सँधै प्यारो लाग्छ मेरै मातु भुमि ।।
चउरझैँ तराई हाम्रो भकुण्डोझै पहाड ।।
खेलाडीझैँ उभीएका चाँदी जस्ता हिमाल ।।
झरनाको धुनैमिठो मनै लठ्ठ हुने ।।
मलाई सँधै प्यारो लाग्छ मेरै मातृ भुमि ।।
कार्पेटझैँ ओछ्याएका इलामको चियाबारी ।।
धानको बाला लहलह तराईका धान बारी ।।
बसंतको ऋतुभरि काइली कुहुकुहु ।।
मलाई सँधै प्यारो लाग्छ मेरै मातृ भुमि ।।
गौतम वुद्घ सीता जनक शान्तिका हुन दिप ।।
त्येहि दिपमा तेल थप्न एकताभै जुट ।।
वुद्घमको उपदेशले मन मुटु छुने ।।
मलाई सँधै प्यरो लाग्छ मेरै मातृ भुमि ।।