भारतमा हिजाे एकै दिन झण्डै १० हजार संक्रमित

भारतमा जारी लकडाउन खुकुलाे पारेसंगै संक्रमित हुनेकाे संख्या दिनप्रतिदिन उच्च भएकाे छ । भारतमा बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार हिजाे एकै दिन झण्डै १० हजार मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको भारतीय सञ्चार माध्यामले जनाएकाे छ । त्यहाँ हिजाे एकै दिन ९ हजार ६ सय ३३ पुगेकाे छ ।
यो सँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख सात हजार ६१५ पुगेको छ । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि एक लाख एक हजार ४९७ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी एक लाख ३०३ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।