-यापिड टेस्टमा केन्द्रिय कारागारका दुई नर्समा पोजेटिभ



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


–र्या्पिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा केन्द्रीय कारागार अस्पतालका दुई नर्समा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको छ ।

दुबैजनालाई अहिले आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनिहरुको नमुना पीसीआर परीक्षणका लागि पठाइएको छ । सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्समा कोरोना देखिएको अस्पतालका निर्देशक शागरकुमार राजभण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button