शिशुको वृद्धि विकासमा पोसाकले प्रभाव पार्ने



 


तपाईले आफ्नो नवजात शिशुलाई बजारमा उपलब्ध फेसनेवल लुगा त लगाइरहनु भएको छैन ? होसियार हुनुहोस बजारबाट किनेर ल्याइएका त्यस्ता कपडा बालबालिकाको लागी हानीकारक पनि हुन सक्छ । हालै गरेको एक अनुसन्धानबाट के पुष्टी भएको छ भने नवजात शिशुदेखि बालबालिका सम्मलाई मौलिक नेपाली पोसाकनै उपयुक्त हुने बताइएको छ ।

अवश्य पनि फाइदाभन्दा पनि राम्रो तथा फेसनेबल देखिनुमा नै धेरैजसो अभिभावकको रुचि होला तर त्यो तपाईको शिशुको स्वास्थ्यको दृष्टिकोणले नराम्रो हुन जान्छ । नेपाली मौलिक कटन वा सुतीका भोटा, चौबन्दी र सुरुवाल जाडोका लागि मात्र नभएर गर्मीमा पनि उत्तिकै उपयोगी हुने अनुसन्धानबाट पुष्टि भइसकेको छ । चिकित्सकका अनुसार बालबालिकालाई पुरानो तरिकाकै लुगाजस्तै तीनपत्रे भोटो, दौरा र सुरवाल लगाइदिनुपर्ने सुझाव दिन्छन् ।

कटनको लुगा जाडोलाई मात्र नभएर गर्मीलाई पनि त्यत्तिकै उपयुक्त हुन्छ। जाडोमा चिसोबाट बचाउँछ भने गर्मीमा पनि शीतल प्रदान गर्छ, भोटो लगाउँदा यसले विशेषगरी बालबालिकाको छातीमा सीधै हावा पस्न रोक्ने गर्दछ ।

भोटोको भित्रीले गर्मी हुँदा पसिना सोस्छ र जाडोमा यसले न्यानो बनाउछ भने बाहिरको खस्रो कपडाबाट बालबालिकाको नरम छाला समेत जोगाउँछ । टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ। टाँक लगाउनु हुँदैन । बालबालिकाले खेल्दाखेल्दै टाँक निल्न सक्छन्। तुना भयो भने सजिलै सानोठूलो बनाउन मिल्छ र टिकुन्जेल लगाइदिन मिल्छ ।

शिशुको भोटो र दौरा सुरुवाल सिलाउन सुतीकै कपडा प्रयोग गर्नुपर्छ यो पूर्णतः प्राकृतिक समेत हुन्छ र शिशुले चपाएर निले भने पनि सजिलै पचाउन सक्छन् । तकियाभित्र भरिने तोरीका दानाले शिशुको टाउलाई सही आकारमा विकसित हुन मद्दत गर्नै भएकोले बजारमा पाइने फमयुक्त तथा अन्य शिरानी प्रयोग नगर्न अनुसन्धानकर्ताले

भनेका छन् । हेर्दा उस्तै देखिने कोदो वा अन्य दाना हाल्नुहुँदैन । तिनीहरू तोरी जस्ता नरम हुँदैनन् । कोदो छिट्टै धुलिन्छ र खार लाग्छ । त्यसले शिशुको स्वास्थ्यमा थप असर पर्न सक्छ । त्यसैगरी बजारमा पाइने टोपीभन्दा पनि नेपाली तुना बाँध्न मिल्ने मौलिक टोपी लगाइदिंदा टाउको गोलो हुनुका साथै चिसोबाट समेत जोगाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button