दाँतलाई कसरी बलियो र चम्किलो बनाउँने



स्वाथ्यको लागी मात्र नभएर सुन्दरतासंग पनि बलियो र चम्किलो दाँत जोडिएको हुन्छ । बढी दाँत भन्ने वित्तिकै मुख र मुखसँग सम्बन्धित चिंउडो, तालु र अनुहार पनि पर्छन् । मानिसले बोल्दा, हाँस्दा, खाँदा, भाषण, गर्दा या गीत गाउँदा धेरैको नजर दाँतमा पर्छ ।


त्यसैले पनि दाँतको चमक कायम रहेमा आफुलाई मात्र नभएर अरुलाई पनि सकारात्मक प्रभाव पर्छ । यदि तपाँईको दाँत कालो छ भने यस्ता छन् केही उपायहरुः

केरा

केरालाई पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दाँतलार्इ दिनहुँ एक मिनेट मसाज गर्नुहोस । मसाज पछि दाँत ब्रश गर्नुहोस् । यस उपायले दाँतको पहेलोपनालाई हटाउन मदत गर्छ ।

तुलसी

तुलसीमा दाँतको पहेलोपना हटाउने एक अद्भुत शक्ति हुन्छ । यसले दाँतमा रहेको पहेलोपना हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनार्इ टुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दांतको पहेलोपना हटेर चमक आउन थाल्छ ।

कागतिको रस

एउटा कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानी मिसाउनुहोस् र खाना खार्इ सकेपछि यही कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै साथै सास गनाउने समस्याबाट पनि छुटकारा पाउन सकिछ ।

सुन्तलाको बोक्रा

सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दाँतमा हल्का मसाज गर्दा भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो बनाउँन मदत गर्छ ।

स्ट्रबेरी

स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने मालिक एसिडले दाँत लाइ सेतो र चम्किलो बनाउँछ ।

निम

निमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सफाई गर्नको लागि प्रयोग गरिदै आएका छौं । दिनहु निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button