चियामा अदूवा मिसाएर पिउनुका अप्रत्यासिला फाइदाहरु यस्ता छन्



जाडो सुरु भएसंगै सबै मानिसहरू तातो कुराहरू खान र पिउन मन पराउँछन् । जाडोमा अधिकांश मानिसहरू धेरै तातो पानी र चिया पिउने गर्छन् । विभिन्न प्रकारको चियाको सेवन गर्नुभन्दा पनि बिहानको समयमा खाली चियामा अथवा दूध चियामा अलिकति अदूवा राखेर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्ने गर्छ ।


अदुवा राखेको चियाले पेट दुख्न कम गर्नुका साथै शरीरमा भएको अनावश्यक तौल कम गर्न पनि सहयोग पुर्‍याउँछ । नियमित अदूवा चियाको सेवनले पाचन प्रक्रियामा सुधार ल्याएर शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाइ खान पचाउन मद्दत गर्छ । महिनावारी गडबडी हुने महिलाहरूमा अदूवा चियाको सेवनले महिनावारी नियमित बनाउन सहयोग गर्छ ।

हड्डी र बाथरोगका बिरामीका लागि अदूवा चिया एकदम फाइदाजनक मानिन्छ । अदूवाको चियाको सेवनले शारीरिक थकान तथा मानसिक तनाव पनि कम गराउन मद्दत गर्छ । यसले बुढ्यौलीमा अल्जाइमरजस्ता घातक रोग लाग्नबाट समेत बचाउने गर्छ ।

यसको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पु¥याउनुका साथै रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गरी रगतमा हुने चिनीको मात्रालाई घट्न वा बढ्न दिँदैन । अदूवा हालेको चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउने गर्छ । टाढाको यात्रामा जानुभन्दा अघि अदुवा चियाको सेवनले बाटोमा बान्ता हुनबाट बचाउँछ ।

साभार क्यानडा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button