तातोपानीका फाइदा

हाम्रो शरीरका लागि पानी अत्यावश्यक हुन्छ। शरीरमा पानीको मात्रा कम भएमा विभिन्न रोगको सङ्क्रमण हुन सक्छ। यसले गर्दा प्रत्येक दिन एक जना व्यक्तिले कम्तिमा तीन/चार लिटर पानी पिउनु पर्दछ।
अझ, ५/६ लिटर पानी पिउनुलाई उत्तम हुन्छ। स्वास्थ्यकर्मीहरूका अनुसार मनतातो पानी पिउँदा स्वास्थ्यका लागि बढी लाभदायक हुन्छ।
१. बिहान खाली पेटमा मनतातो पानी पिउँदा पेटमा भएको विकारयुक्त पदार्थ शौचमार्फत जाने र पेट सफा हुन्छ। यदी, बिहान शौच नहुँने समस्या छ भने खाली पेटमा २ गिलास मनतातो पानी पिएमा खुलेर शौच आउँछ।
२. पानीले शरीरभित्र रहेका विकारलाई बाहिर फाल्न मद्दत गर्दछ र खाली पेटमा पानी पिउनाले शरीरमा रक्त सञ्चार नियमित र सन्तुलित हुन्छ।
३. यदि तपाईंलाई भोक नलाग्ने समस्या छ भने बिहान २ गिलास मनतातो पानी पिउँने गर्नुहोस् यसले भोक जगाउने काम गर्छ।
४. टाउको दुखाइको समस्याबाट मुक्त गर्छ। बारम्बार टाउको दुख्नुको मुख्यकारण नै पर्याप्त मात्रामा पानी नपिउनु हो। बिहान उठ्नेबित्तिकै पानी पिउनुहोस्, यसले टाउको दुख्ने समस्याबाट मुक्त गर्छ। यसले श्वासको दुर्गन्ध र अन्य ब्याक्टेरीयाको संक्रमणबाट जोगाउन मद्दत गर्छ।
५. बिहान मनतातो पानी पिउने बानी बसाले थकाइ लाग्ने समस्याबाट मुक्त हुन सकिन्छ। यसले मांसपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्छ।
६. रूघाखोकी लागेको समयमा पर्याप्त मात्रामा मनतातो पानी पिउनाले शरीरलाई आराम प्रदान गर्दछ।
७. अनुहारको चमक बढाउँछ। खाली पेट मनतातो पानी पिउनाले शरीरमा रहेका विकार र उत्तेजित तत्त्व हट्ने हुँदा अनुहार र छालाको सुन्दरतामा निखार आउँछ।
८. पर्याप्त पानी पिउनाले जोर्नी दुखाइ कम हुनुका साथै हड्डी मजबुत हुन मद्दत गर्दछ र कब्जीयतबाट पनि छुट्कारा मिल्छ।
९. खाली पेट पानी पिउनाले पाचन शक्ति बलियो बनाउन मद्दत गर्छ।
नेपालन्युज