पुरुषमा पनि हुन सक्छ स्तन क्यान्सर, स्तन क्यान्सर समयमै थाहा पाउन मेमोग्राफी



पुरुषमा पनि हुन सक्छ स्तन क्यान्सर, स्मेडिकल इमेजिङ टेक्नोलोजिस्ट, हरेक वर्ष नोभेम्बर ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाउने गरिन्छ । एक्स–रे विकिरण पत्ता लागेको दिनको सम्झनामा मनाइने यो दिवस विभिन्न शैक्षिक एवं जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउने प्रचलन छ । यो वर्ष ‘ब्रेस्ट इमेजिङ’ ९स्तनको रेडियोलोजिकल परीक्षण०लाई दिवसले मुख्य रोजेको छ ।
स्तनको परीक्षण गर्न मेमोग्राफी, एमआरआई, अल्ट्रासाउन्डजस्ता विभिन्न रेडियोलोजिकल प्रविधिहरू प्रयोग गरिन्छ । त्यसमध्ये स्तन क्यान्सरलगायतका स्तनका विभिन्न रोगहरूको निदान ९डायग्नोसिस० गर्न मेमोग्राफी सबैभन्दा आधारभूत र महत्वपूर्ण रेडियोलोजिकल परीक्षण हो । मेमोग्राफीबारे जान्नैपर्ने केही तथ्यहरूः
१,मेमोग्राफी स्तनको एक्स–रे परीक्षण हो । यसमा कम शक्तिको एक्स–रे प्रयोग हुन्छ । एक्स–रे विकिरणको मात्रा कम हुने भएकाले विकिरण जोखिम पनि न्यून हुन्छ ।
२,मेमोग्राफी स्तनका बिरामीका अलावा स्वस्थ महिलाहरूको नियमित स्वास्थ्य परीक्षण ९स्क्रिनिङ० गर्न पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
३,स्तनमा गिर्खा वा पीडा महसुस गरेर पत्ता लगाउन नसकिने अवस्थाको स्तन क्यान्सरसमेत मेमोग्राफीमार्फत पत्ता लगाउन सकिन्छ । स्तन क्यान्सरको समयमै निदान गरी उचित उपचार गर्न यो परीक्षण अत्यन्त महत्वपूर्ण छ ।
४,स्तनमा डल्ला, गिर्खा, गाँठागुठी वा पीडा महसुस भएमा, स्तनको रङमा परिवर्तन देखिएमा तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनुपर्छ ।
५, ४० वर्ष उमेर कटेका महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ । त्यसैले वर्षमा एकपटक नियमित मेमोग्राफी गराई मेमोग्राफीको तस्बिर र रिपोर्ट सुरक्षित जम्मा गरिराख्नु प्रभावकारी हुन्छ ।
६,स्तन क्यान्सर तथा स्तनसम्बन्धी समस्याको पारिवारिक वा वंशाणुगत पृष्ठभूमि भएका महिलाले सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनुपर्छ ।
७, मेमोग्राफीमा एक्स–रे विकिरण प्रयोग हुने भएकाले सकेसम्म गर्भावस्थामा यो परीक्षण गराउनु हुँदैन । यो परीक्षण गराउँदा छातीका सम्पूर्ण कपडा तथा गरगहना निकाल्नुपर्ने हुँदा सजिलै खोल्न र लगाउन मिल्ने लुगा लगाएर जाँदा सहज हुन्छ ।
८,पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ । आवश्यक परेमा पुरुषको पनि मेमोग्राफी गर्नुपर्ने हुन्छ । तन क्यान्सर समयमै थाहा पाउन मेमोग्राफी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button