तेश्राे बर्दिबास महाेत्सव आज समापन हुँदै………



महोत्तरीको बर्दिबासमा आयोजित तेश्रो बर्दिबास महोत्सवको आज समापन हुँदै छ । १० दिनका लागी भनेर आयोजना गरेको महोत्सवको समय दर्शकहरुको उत्साहजनक सहभागीताले थप दुइ दिन बढाइएको थियो । महोत्सवको समापन कार्यक्रम आज दिउसो १ बजे हुने आयोजक समितिले जनाएको छ ।


हिजो साँझ चर्चित लोकदोहोरी गायिका तथा मोडेल ज्योती मगर सहित अन्य ख्यातिप्राप्त कलाकारहरुको धमकेदार प्रस्तुति रहेको थियो ।

महोत्सवमा स्थानीय वस्तुहरूको प्रदर्शनी, व्यवसायिक स्टल, अत्याधुनिक खेल सामाग्रीहरु राखिएका छन् । कोरोना महामारीले थलिएको बर्दिबासको अर्थतन्त्रलाई उकास्ने हेतुले महोत्सवको आयोजना गरिएको हो । यहाँ नुनदेखि सुन सम्म , साडी देखि गाडी सम्मका सम्पूर्ण सामानहरु सुपथ मुल्यमा पाइन्छन् ।

महोत्सवमा आउने सम्पूर्ण कलाकारहरुको खाना र बासको निःशुल्क व्यवस्था बर्दिबास भित्र सञ्चालित होटेलहरुले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button