सहिद शेखर आले स्मृती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धनुषाको मुलाबारी क्लबले युनाईटेड युवा क्लब बीरगंजलाई ४ – १ गोलले पराजित गर्दै बिजयी



निकेश खनाल
महोत्तरी


महोत्तरीको गौशलामा नगरपालिका ढल्केवरमा सोमवारदेखीे सहिद शेखर आले स्मृती गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
उद्घाटन खेलमा धनुषाको मुलाबारी क्लबले युनाईटेड युवा क्लब बीरगंजलाई ४ – १ गोलले पराजित गर्दै बिजयी भएकोे छ ।
खेलको पहिलो चरणको ३० मिनेटमा धनुषाको मुलाबारी क्लबले युनाईटेड युवा क्लब बीरगंजलाई पहिलो गोल गरेको थियो भने खेलको दोश्रो हाफको १५, २७ र ३८ मिनेटमा क्रमश, दोश्रो तेश्रो र चौथो गोल गरेर मुलाबारी क्लब बिजयी भएको थियो । त्यसैगरी खेलको सेन्चुरी हाफको २ मिनेको थपमा युनाईटेड युवा क्लब बीरगंजले धनुषाको मुलाबारी क्लबलाई १ गोल गरेको थियो ।
प्रतियोगिताको दोस्रो खेल मंगलवार महोत्तरीको ढल्केवर र सर्लाही ११ बीच हुने आयोजक संस्थाले जनाएको छ ।
खेलको उद्घाटन गौशला नगरपालिकाका प्रमुख शिबनाथ महतो तथा उप प्रमुख आशा लामाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button