राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको प्रदर्शन



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
राजसंस्थाको पुर्न स्थापना हिन्दुराष्ट्रको माग तथा संघीयता खारेजीको मागगर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले महोत्तरीको बर्दिवास र गौशला नगरपालिकामा शनिवार प्रदर्शन गरेको छ।
राप्रपाले मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गरेर प्रदर्शन गरेको हो। रयालीमा सयौंको सहभागिता रहेको थियो। प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु ब्र्दिवासमा भेला भएका थिए।
दिउँसो २ बजे बर्दिवासबाट र्याली प्रारम्भ भएको थियो। बर्दिवासमा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय नेता सुशील श्रेष्ठले देश ब्यपी भएको प्रदर्शन चरणबद्ध रुपमा ससक्त किसिमले अघि बढने बताए ।
उनले चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’ राजसंस्था तथा हिन्दुराष्ट्र नेपाली जनताकालागी सुसाशन र अमन चयनकालागी आवश्यक भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button