२४ घण्टामा देशभर ३ हजार ५ सय १७ कोरोना संक्रमित थपिए



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट मुक्त भई निको हुनेको संख्या पछिल्लो २४ घण्टामा ४ हजार ९६ रहेको छ । यो संगै हाल सम्म कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप १६ जनाको पछिल्लो २४ घण्टामा मृत्यु हुँदा कुल मृतकको संख्या ९ सय २० पुगेको मन्त्रालयले शुक्रबार गरेको मिडिया ब्रिफिङ्गमा जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button