प्रदेश २ मा आज थप चारजनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा आज थप चारजनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुँनेमा बाराको कलैया उपमहानगरपालिका — १३ बलिराम टोलका ६५ वर्षीय, रौतहटको गौर नगरपालिका—१ का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका — ४ विर्ताका ६८ वर्षीय र वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश २ स्वासथ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश २ मा ४ जनाको मृत्यु संगै सयो प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ सय २० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा ८८ जना कोरोना संक्रमित भएका छन् ।
संक्रमित मध्ये सिरहामा १८, रौतहटमा २६, सर्लाहीमा ८, पर्सामा १२ र सप्तरीमा १८ जना रहेको प्रदेश २ का जनस्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button