पछिल्लोे २४ घण्टामा नेपालमा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,, कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पछिल्लोे २४ घण्टामा नेपालमा थप ९ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिईएको जानकारी अनुार पछिल्लो २४ घण्टामा कोरोना भाईरसको कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको हो ।


यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना उपचार पछी कोरोना संक्रमण मुक्तभई निको भएका छन ।यो सँगै कोरोना संक्रमणबाट मुक्त भई निको हुनेको कुल संख्या ३२ हजार ९ सय ६४ पुगेको छ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको कुल संख्या १४ हजार ८ सय ६८ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ जना रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८ सय १५ जना रहेका छन् । यस्तै आज १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको कुल संख्या ३ सय ६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button