बर्दिवासमा रोकेर राखेको अटोलाई भारतीय नम्बरको लहरीले ठक्कर दिदा एकजनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवासमा शनिबार विहान रोकेर राखेको अटोलाई भारतीय नम्बरको लहरीले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका १ का ४० वर्षीय टेक नारायण श्रेष्ठ रहेका छन् ।


बर्दिबास नगरपालिका १ स्थित बर्दिबास चोकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आरजे ०२ जिबी ३३४७ नम्बरको भारतीय लहरीले ठक्कर दिदा अटो भित्र बसिरहेका
श्रेष्ठ गम्भिर धाईते भएका थिए घाइते उनलाई उपचारकालागी बर्दिवास स्थित जनसेवा अस्पतालमा लगीएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए । भारतीय लहरीसहित त्यसका चालक अरबिन कुमार बलाइतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button