पत्रकार पहाडिमाथि आक्रमणको प्रयास



रितिक अधिकारी
सर्लाही
राष्ट्रिय समाचार समिति सर्लाहीका जिल्ला सम्वाददातामाथी आक्रमणको प्रयास भएको छ । अपराध,खोज तथा अनुसन्धानमा सक्रियता देखाएका जिल्ला समाचारदाता शंखर पहाडीमाथी अज्ञात समुहले आक्रमणको प्रयास गर्नुको साथै गाली बेइजेती गरेका छन ।
स्थानिय ढुकढुकी एफएम ९५।२ मेगाहर्जका समाचार प्रमुख समेत पत्रकार पहाडीमाथी रेडियोबाट काम सकेर घरजाने क्रममा गत शनिबार साँझ करिब ७ ः १० बजेको समयमा लालबन्दी नगरपालिका ६ को जनवादी चोकमा ५ जनाको समुहमा आएका नकावधारी अपरिचित समहुले पत्रकार पहाडीमाथी आक्रमणको प्रयास गर्नुको साथै गालीवेइजेती गरेका पत्रकार पहाडीले बताएका छन ।
असार ९ गते मंगलबार जिल्लाको हरिपुर नगरपालिकाको लेखा शाखामा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ्ग अप्रेसनमा केही सहयोग गरेको अभियोगमा पत्रकार पहाडीमाथी पटक पटक विभिन्न माध्यामबाट धम्कीहरु आएका र सोही विषयलाई लिएर आक्रकमणको प्रयास भएको हुन सक्ने पत्रकार पहाडीले अनुमान गरेका छन ।
भ्रष्टाचार,अन्याय अत्याचार र घुस पेठका विरुद्धमा आवाज बोल्दा जिल्लाका केही मिडियाकर्मीहरुबाट समेत धम्की आएको पत्रकार पहाडीले बताएका छन । भ्रष्टाचार,अन्याय अत्याचार र घुस पेठका विरुद्धमा सक्रिय भएका पत्रकारलाई पटक पटक धम्की आएको र असुरक्षित रहेको प्रहरीलाई समेत जानकारी गराई सकेका पत्रकार पहाडीलाई प्रहरीले कुनैवास्ता नगरेको उनको भनाई छ ।
उनको सहयोगमा केही दिन पहिला धनुषाको ढल्केवरमा रहेको विद्युत प्राधिकरण सव स्टेशनका कार्यालय प्रमुख पनि १ करोड २४ लाख भन्दा बढी रकम घुस लिदैँ गर्दा रंगेहात पक्राउ परेका थिए । भने असार ९ गते हरिपुर नगरपालिकाका लेखा अधिकृत पनि ४ हजार रकम घुस लिँदै गर्दा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोलीले रंगेहात पक्राउ गरेकोथियो ।
नकाव लगाएर आएका अपरिचित समुहको बारेमा प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरीले कुनै चासो नदेखाएको पत्रकार पहाडीले बताएका छन । कोरोना भाईरसको जोखिमका बीचपनिनिरन्तर फिल्डमा खटिएका पत्रकारहरुमाथी यसरी आक्रमण लगायतका धम्की आउनु खेदजनक छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button