नेपालमा थप एकजना काेराेना संक्रमितकाे मृत्यु



मेरो प्रदेश सम्वाददाता
बुटवल
नेपालमा कारोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छलुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिवार बिहान कोरोना संक्रमणबाट ज्यान गएको अस्पताल श्रोतले जानकारी दिएको छ ।


उपचारका लागि अस्पताल ल्याउँदा ती पुरुषको फोक्सोमा समस्या देखिएको थियो । आइसियुमा राखेर उपचार हुँदै गर्दा शनिवार बिहान उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । मृतक पुरुष तीन दिनदेखि प्रादेशिक अस्पतालमा उपचार गराइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button