नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको ज्यान गयाे,,कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९१ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको ज्यान गएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९१ पुगेको हो ।
देहभर पछिल्लो एक हप्तामा कोरोना संक्रमणबाट ३१ जनाको ज्यान गएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा धनुषाका दुईजना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलबस्तु र बाराका एक एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button