नेपालमा कोरोना भाईरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना भाईरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमवार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण ४ जनाको मृत्यु भएको र हालसम्म मृतकको संख्या ७९ पुगेको बताएका छन ।


मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन् ।
बाँकेको कोहलपुर निवासीे ७० वर्षीया महिला, पर्सा जिल्लाकी ४५ वर्षीया महिला, काठमाडौँ महानगरपालिका वडा नम्बर १०घर भएका ७६ वर्षीय पुरुष र किर्तिपुर नगरपालिका बस्ने ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button