कोरोना संक्रमित थप दुईको मृत्यु, हालसम्म मृत्यु हुँनेको संख्या ७५ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना संक्रमणबाट थप दुईजनाको निधन भएको छ ।


योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्साको वीरगन्ज महानगरपालिका– २ की २० वर्षीया महिलाको शनिबार निधन भएको छ ।

उनलाई उपचारका लागि नारायणी कोभिड अस्थायी अस्पताल लगेपछि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी कास्की जिल्ला पोखरा उपमहानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
उनी मधुमेहका बिरामी भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button