नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु कुल मृत्यु हुँनेको संख्या ७० पुग्यो,



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पर्साका ४५ वर्षीय, ८९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्यु भएको बताएका छन । त्यसमध्ये ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

त्यस्तै सिरहा गोलबजारका २५ वर्षीय पुरुषको धरानमा र सर्लाहीका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. गौतमले जनाए ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालका आइसियुमा ६६ जनाको उपचार भईरहेको छ, भने तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताईएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button