नेपालमा कोरोना संक्रमण बाट थप एकजनाको मृत्यु,, मृत्यु हुँनेको संख्या ५६ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुँनेको संख्या ५६ पुगेको छ । काठमाडौँ उपत्यकामा उपचारको क्रममा आज एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।


साउन ६ गते पाटन अस्पतालमा भर्ना भएकी ६५ वर्षीय ति महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए। निमोनियाबाट ग्रसित उनको श्वास प्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्

टार हस्पिटल सानेपामा पिसिआर परीक्षण गराएकी ति महिलामा सङ्क्रमण पुष्टि भएपछि पाटन अस्पतालमा रिफर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close