नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ५५ पुग्यो



मेरो प्रदेश सम्वाददाता
पर्सा
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुँनेमा जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत रहेका छन ।


भारत घर भइ हाल वीरगञ्ज–११ श्रीपुर बस्दै आएका ५६ वर्षीय ति पुरुषको गएराति मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ। मुटुको रोगी रहेका उनमा कोरोना संक्रमण भएपछि अवस्था गम्भिर बनेको उनको आईसीयु र भेन्टिलेटर मा राखेर उपचार गरीएको अस्पतालले जनाएको छ।

साउन ६ गते ति पुरुषमा कोरोना पुष्टि भएपछी ७ गते कोभिड अस्पतालमा भर्ना गरीएको थियो। यो सँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close