नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु,,मृत्यु हुँनेको संख्या ४६ पुग्याे



मेरो प्रदेश सम्वाददाता
पर्सा
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पार्साको वीरगञ्ज स्थित आदर्शनगर निवासी एक जना पुरूषकोे आइतबार बिहान मृत्यु भएको हो।
मुटु रोगका विरामी रहेका उनमा कोरोना भाइरसको लक्षण देखिएपछि उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो।


स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार गरीएकोमा आइतबार उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा मदन उपाध्यायले बताए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या ४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button