नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु,, मृतकको संख्या ४४ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पर्साको श्रीपुरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट आज मृत्यु भएको हो ।
नारायणी अस्पतालमा उपचारका क्रममा ती महिलाको आज बिहान ६ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले ती महिला मुटुरोगी भएको र उनलाई निमोनियाको पनि संक्रमण रहेको बताए ।

यो संगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button