नेपालमा मंगलबार १ सय ५० जना कोरोना संक्रमण कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपालमा मंगलबार विभिन्न प्रयोगशालामा गरीएको परिक्ष्णमा १ सय ५० जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ वटा नमुनाको पीसीआर परीक्षणमा १ सय ५० जना कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै हालसम्म नेपालमा कारोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा सप्तरीका १, झापाका २, इलामका २, मोरङका ३, सर्लाहीका ३, उदयपुरका ८, महोत्तरीका १३, पर्साका २, चितवनका ५, मकवानपुरका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, कैलालीका ४, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, ललितपुरका १, गोरखाका ३, म्याग्दीका ३, स्याङ्जाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, दैलेखका १०, सल्यानका २, डोटीका ४, बझाङका ४, कञ्चनपुरका २० र धनुषाका २९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button