नेपालमा आज १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि ,,हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा आज १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म १७ हजार ६ सय ५८ जना कोरोना संक्रमित भएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन । यो संगै हालसम्म ११ हजार ६ सय ९५ जना कोरोना संक्रमडणबाट निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ।
त्यस्तै नेपालमा कोरोना भाईरसका कारण ४० जनाले ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button