नेपालमामा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ५ सय २ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमामा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ५ सय २ पुगेको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार
पछिल्लो २४ घण्टामा उपचारपछी कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १ सय ३ रहेको छ । योसँगै हाल सम्म उपचारपछी निको भई अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ रहेको छ ।

कूल सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म ४० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button