पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोनासंक्रमण पुष्टि ,,कुल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरीका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १ जनामा कोरोना पोजिटिभ आएको जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । आज २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनाको नमूना परीक्षण भएको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

योसँगै नेपालमा उपचारपछी कोरोनामुक्त हुनेको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button