नेपालमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण,,कुल कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपालमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशैभर कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको जानकारी दिएका छन् । संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना निको भएर उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button