नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप तीन जनाको मृत्यु,,मृत्यु हुँनेको संख्या ३८ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं( १० शंखमुलका ६० वर्षीय पुरूषको २६ असारमा मृत्यु भएको छ। १६ असारमा पाटन अस्पताल भर्ना भएका उनको १७ असारको पीसीआर परीक्षण पोजेटिभ आएको थियो।

सिन्धुपाल्चोकको पाँचपोखरी–६ का अर्का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। २२ असारमा पाटन अस्पताल भर्ना भएका उनको २५ असारमा मृत्यु भएको हो।

त्यसैगरी काठमाडौं गोकर्णेश्वर–६ का ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं मेडिकल कलेजमा उपचारत उनको २५ असारमा मृत्यु भएको हो। २१ असारमा अस्पताल भर्ना भएका ती संक्रमित पुरुषको २५ असारमा मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ३८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button