नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८ जना कोरोना भाइरसको संक्रमण कुल संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल सङ्क्रमित हुनेको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार चौबिस घण्टामा चार हजार ५ सय ८८ जनाको आर टी पीसीआर परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका बिरामीको संख्या २४ हजार ४ सय २५ तथा आइसालेशनमा आठ हजार ६ सय ५ जना बिरामी रहेका छन् । पछिल्लो चौबिस घण्टामा १ सय ३९ जना कोरोना सङ्क्रमित मुक्त भएर घर फर्केका छन् । हालसम्म सात हजार ८ सय ९१ जना कोरोना मुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button