नेपालमा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण,,संक्रमितको कुल संख्या १६ हजार १ सय ६८ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएकोे छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घन्टामा २ सय ४ जनामा कोरोना संक्रमण भएको पुस्टि गरेका छन् । उनका अनुसार हाल सम्म देशैभर कोरोना संक्रमितको कुल संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

संक्रमितमध्ये ७ हजार ४ सय ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३५ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button